२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ प्रतिशत आर्थिक वृद्धिदरमा चुनौती: जनार्दनको बजेटबाट करिब साढे २ खर्ब घटाइयो



अ+ अ-

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको अर्थतन्त्रमा थप चुनौती थपिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परेकोले अर्थतन्त्रमा असर परेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकम समेत नपुग भएको बताएका छन् । यसपटक सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुननसक्ने उनले बताए । । ‘चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन ।’, उनले भने ।

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्ष २०७९/८०को बजेट आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने अनुमान रहेको बताएका छन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार घटाएर १५ खर्बमा झारिएको छ । यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ ।

यसअघि १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो ।




भर्खरै