१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको ट्विट: स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्छ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगले बिदा दिन नपाउने गनरी ऐन बनाउनुपर्ने आश्यकता औँल्याउनुभएको छ ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै सरकारले कथित ‘जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिएकाबारे आधिकारिक धारणा मागेपछि महामन्त्री थापाले सोमबार एक ट्विट गर्दै सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभएको छ, “अब संसद्मा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दवाव बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानून निर्माणको अग्रसता लिऔँ। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।”

उहाँका अनुसार पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ । “कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले आफ्नो राजनीतिक स्वार्थका लागि बिदा दिने क्रम सीमाहीन भएको छ”, उहाँले भन्नुभएको छ ।