२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता कसैले दिएको भिख होइनः मुख्यमन्त्री यादव



अ+ अ-

जनकपूरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताउनुभएको छ ।

सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताउनु भयो ।

उहाँले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको जिकिर गर्नुभयो । उहाँले मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहीरहने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानूनहरु पास गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, तपाई पनि इमान्दारका साथ कानूनहरु जुन विगतका सरकारबाट अड्किएको छ, प्रहरी समायोजन लगायत निजामति ऐन, लगायत नागरिकता विधेयक सम्बन्धी, सबै तुरुन्त लागू गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने मलाई विश्वास छ । यसले संघीयता बलियो हुनका साथै देशको विकासको रफ्तार बढ्छ ।’

‘आजको दिनमा केही स्थानीय चुनावबाट आएका केही व्यक्ति र प्रदेश र प्रतिनिधि सभाबाट नयाँ आएका केही पार्टीका नेताहरु काठमाडौंमा बसेर संघीयता चाहिँदैन भनिरहेका छन्, म उहाँहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु यो उनीहरुले दिएको भिख होइन । हजारौँ बलिदान पछि आएको संघीयता हो । जबसम्म मधेस प्रदेशका जनता रहन्छन् तबसम्म यो देशमा संघीयता रहन्छ । संघीयता जाने वाला छैन ।’

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ‍ ।




भर्खरै