२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरबिबी म्युचुअल फण्ड १ आजदेखि बिक्रीमा



अ+ अ-

काठमाडौं । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो ।

अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी गरिने छ । यसमध्ये रु एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको रु आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ । 

म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम रु एक करोड इकाइसम्म आवेदन दिन सकिने छ । निष्काशन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ । यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।

यस योजनाको समयावधि सात वर्ष रहेको छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो । रासस




भर्खरै