काठमाडौं । आज पनि बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ४ सयले बढेको हो ।
हिजो (मंगबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) तोलामा रु ४ सयले बढेर प्रतितोला रु ९२ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ७ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १३२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







