२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, कोलम्बियालाई टाइब्रेकरमा हरायो



अ+ अ-

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान ब्राजिलको इस्टेडीओ नेसनल डी ब्रासालिया मैदानमा भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा ३-२ गोलले पराजित गर्दै अर्जेन्टिनाले ब्राजिलसँगको भेट पक्का गरेको हो ।

निर्धारित समयसम्म दुबै टिमले १/१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटबाट छिनोफानो लाग्योे । 

खेलको ७ औं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो । ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट गोल गर्ने प्रयास भएपनि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा गयो ।

फाइनलमा ब्राजिल र अर्जेन्टिनाको भिडन्त हुनेछ । फाइनल खेल आइतबार बिहान नेपाली समयानुसार ५ः४५ बजे ब्राजिलको मैदान माराकानामा हुनेछ ।