२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल महाधिवेशनः उत्पीडित क्लस्टरबाट स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाले उम्मेदवारी दिएका छन् ।

यसअघि बझाङबाट प्रतिनिधित्व गर्दै केन्द्रिय कमिटी सदस्य भइसकेका ओखेडाले उत्पीडित क्लस्टरबाट स्थायी कमिटी सदस्यमा उम्मेदवारी दिएका हुन् । ओखेडासहित स्थायी कमिटिमा उम्मेदवारी दिएका ओखेडाले जित्ने सम्भावना बलियो रहेको छ ।

चुनाव केवल औपचारिकता मात्रै हो, मेरो जित सुनिश्चित छ ओखेडाले भने– म जित्नेमा ढुक्क छु । आफूले उठाएका एजेन्डा र विगतमा केन्द्रिय सदस्य हुँदा दिएको योगदानको देशैभरबाट आएका प्रतिनिधिहरुले उचित मुल्यांकन गर्ने भन्दै ओखेडाले आफूले जित्ने दावी गरे ।

उनले आगडि थपे– हाम्रो अध्यक्ष केपी शर्मा ओली ज्युको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ । हमी निर्वाचित भएपछि ओलीकै अभियानलाई सघाउने हो । त्यसैले मेरो जित नै समग्र संगठन र विद्यार्थीको जित हो ।

जारी महाधिवेशनमा सहमतिको प्रयासबाटै नेतृत्व चयन गर्ने अन्तिम प्रयास भए पनि त्यो सफल नभएको उनले बताए । तर निर्वाचनले अनेरास्ववियुलाई अझै सुदृढ र गतिशिल बनाउन सघाउने हुँदा निर्वाचन नै लोकतन्त्रको सुन्दरता भएको बताए ।

२०६५ देखि राजनितिमा सक्रिय ओखेडा उपेक्षित उत्पीडित वर्ग विकास समितिको बझाङको उपाध्यक्ष, बुंगल नगर कमितिको अध्यक्ष हुँदै अनेरास्ववियुको राजनितिमा होमिएका व्यक्ति हुन ।

साथै ओखेडाकै नेतृत्वमा बझाङमै बुंगल पम्मा कम्युनिटि हस्पिटलको निर्माण, बिसिए कप क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै खेलकुद क्षेत्रलाई महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । त्यस्तै कोरोनाकालमा कोरोना हस्पिटल बझाङ निर्माण गरेका थिए भने अनेरास्ववियुको आयोजना र ओखेडाकै नेतृत्वमा एसईइका विद्यार्थीहरुलाई निशुल्क तयारी कक्षाहरु संचालन गरिरहेका छन् ।

विगतमा विकृति बिसंगति विरुद्ध भएका विभिन्न आन्दोलनमा ओखेडा पटकपटक घाइते समेत भएका थिए ।