२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन



अ+ अ-

काठमाडौँ । सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

ग्यास सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारका अनुसार आज बिहान १०ः५७ मा उहाँको निधन भएको हो । उहाँ ८९ वर्षको हुनुहुन्थ्यो ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा आमासँगै सांसद भण्डारी गम्भीर घाइते हुनुभएको थियो । सांसद भण्डारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि उहाँलाई भारत लैजाने तयारी भइरहेको छ ।

यसैबीच नेता भण्डारकिो स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागिएको जानकारी दिनुभएको छ ।

चिकित्सकको सल्लाहअनुसार भारतमा उहाँको उपचार गराउँदा स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि नेता भण्डारीले भने यहीँ उपचार गर्न पाए हुने इच्छा व्यक्त गर्नुभएको मन्त्री गिरीले बताउनुभयो ।

चिकित्सकका अनुसार सांसद भण्डारीको शरीर २५ देखि ३० प्रतिशत जलेको छ । श्वास नलीबाट धुवाँ गएकाले फोक्सोमा असर पुगेको हुनसक्ने भन्दै चिकित्सकहरुले त्यसको असर अझै तीन चारदिन बढी देखिने छ ।