२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले चाहँदैमा गठबन्धन भत्किँदैन– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कसैले चाहँदैमा गठबन्धन नभत्किने बताउनुभएको छ ।

सुर्खेत विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग उहाँले माओवादीको प्राथमिकतामा अहिलेको समीकरण बदल्ने नरहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले प्रतिगमनलाई कुनै पनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने गरी विश्वासको वातावरण बनेको अवस्थामा बाहिरबाट कसैले चाहेर पनि गठबन्धन नभत्किने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यस्तो किसिमको परिस्थिति नबनेको खण्डमा माओवादी चाहेर वा नचाहेर केही पनि गर्न सकिन्न ।” सबै दललाई समेट्ने गरी पार्टी अगाडि बढ्न चाहेको तर गठबन्धन बदल्ने कुरा नरहेको उहाँले स्पष्ट गर्नुभयो ।

वर्तमान समीकरणलाई परिवर्तन गर्ने प्राथमिकता माओवादी केन्द्रमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौँ, प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भएको छ, त्यो हाम्रा लागि ऐतिहासिक परिघटना हो, अहिले मुलुकमा राष्ट्रिय सहमतिको स्थिति सिर्जना भएको छ, राष्ट्रपति चयन गर्दा पनि त्यो सहमतिको परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।”