२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार



अ+ अ-

एजेन्सी । टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताउनुभएको हो ।

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराउनुभएको छ । उहाँले तेह्र बर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गर्नुभएको छ ।

उहाँको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताउनुभयो । एघारौँँ दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ ।

“म ठीक छु, मलाई कुनै समस्या छैन,” कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भन्नुभयो । अब्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोध्नुभएको थियो । भिडियोमा उहाँले ‘मेरी आमा र अरूलाई कस्तो छ ?’ भनी सोधेपछि कसैले ‘तिनीहरू सबै ठीक छन्, तिनीहरू तपाईंको प्रतिक्षामा छन्’ भनिएको देख्न सकिन्छ । प्रतिक्रियापछि अब्सीको अनुहारमा राहतको छोटो मुस्कान देखिएको छ ।

भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढी को मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् भने लाखौं मानिस चिसो तापक्रममा आश्रयविहीन भएका छन् । भूकम्पको धक्का टर्कीका ११ प्रान्तमा महशुस गरिएको थियो । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।