२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले न्युक्यासललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

पाहुना टोली लिभरपुलको जितमा खेलको १० औं मिनेटमा डार्विन न्युनेजले र १७ औं मिनेटमा कोडी गाक्पोले गोल गरे । खेलको २२ औं मिनेटमा निक पोपेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै लिभरपुल २२ खेलबाट ३५ अंकसहित तालिकाको ८ औं स्थानमा रहँदा २३ खेलबाट ४१ अंकसहित न्युक्यासल भने चौंथो स्थानमा रहेको छ ।