२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गुमेपनि राष्ट्रपति काँग्रेस कै बन्छ: विश्वप्रकाश शर्मा



फाईल फोटो
अ+ अ-

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

आइतबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले दलीय सहमतिमा नै कांग्रेसबाट राष्ट्रपति बन्ने दाबी गरेका हुन् ।

यसअघि सरकार बनाउँदा कांग्रेसको कमजोरीका कारण नेतृत्व गुमेपनि पुरानै दलीय सहमतिमा राष्ट्रपति बन्ने महामन्त्री शर्माले बताए । ‘सरकारको नेतृत्व गुमेकोमा अहिले कसैलाई दोष दिनु छैन, २५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ ।’, उनले भने, ‘एक हिसाबले हामीबाट सत्ता गुमेको हो, तर अबको राष्ट्रपति काँग्रेसको बन्छ ।’

महामन्त्री शर्माले कांग्रेस चुनावबाट सबैभन्दा ठूलो दल बनेपनि हातमा सत्ता नभएपछि कार्यकर्तामा निराशा पैदा भएको बताए । एमालेसँग माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला कांग्रेसले गरेको सहयोगको आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।