२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले कसैलाई निषेध नगर्ने नयाँ बाटो देशले ढिलोचाँडो तय गर्नैपर्छ



अ+ अ-

फागुन ७, प्रजातन्त्र दिवस । यस अवसरमा सबैमा शुभकामना । तत्कालीन कठोर अवस्थामा मुलुकलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने सबै आदरणीय छन्, स्तुत्य छन् । हार्दिक नमन ।

प्रजातन्त्रको उपभोग गर्दै जाँदा यसलाई राजा र दलहरूले आफ्नो अनुकूल सदुपयोग र दुरुपयोग गरेको नमिठो विगत छ। जसका कारण कहिले एउटाले अर्को पक्षलाई त कहिले अर्कोले अर्को पक्षलाई निषेध गर्ने राजनीति स्थापित हुँदै गएको छ। सबै शक्ति एकताबद्ध भइ विकासको मुलप्रवाहमा समेटिन नसक्दा देश जतिखेर पनि अस्थिर, अन्यौल र कुनै न कुनै प्रकारको द्वन्द्वमा जकडिरहेको छ।

हामीभन्दा धेरै पछाडि प्रजातन्त्रको उपभोग थालेका मुलुक सबल, सक्षम र समृद्ध बनिसकेका छन् । हामी अझै कांग्रेसले प्रजातन्त्रको नाममा देखाउने दादागिरी र कम्युनिस्टको राष्ट्रिय स्वाधीनताको रक्षा भन्दै आत्मसमर्पणवादको निकृष्ट नमुना हेर्न विवश छौं।

दुई दशकदेखि नेपाल राष्ट्र निर्माणको महत्त्वपूर्ण पक्ष राजसंस्थालाई मुलप्रवाहमा निषेध गरिएको छ, प्रजातन्त्रलाई गणतन्त्रमा रुपान्तरित गर्दैगर्दा नेपाली समाजमा धिपधिपे उज्यालो देखिएपनि वास्तविक उज्यालो पुगेको छैन र पुग्ने लक्षण पनि छैन । मुठ्ठीभर मानिसका लागि गणतन्त्र स्वर्णतन्त्र हुन पुगेको छ, आम मानिस त युरोप, अमेरिका, अष्ट्रेलिया वा खाडीमा पुगिसकेका छन्, जान बाँकीको धेरै समय कसरी जाने, कहाँ जाने, कहिले जाने सोच्दै र योजना बनाउँदै बितिरहेको छ।

देशलाई बृद्धाश्रम बनाउने, आर्थिक रुपमा कमजोर र जर्जर बनाउने, परिवर्तनको लागि भनेर आन्दोलन वा क्रान्तिमा होमिएकालाई निराश बनाउने, राष्ट्रिय स्वाभिमान कमजोर बनाउने, समग्रमा देशलाई धोका दिने, पटकपटकका असफलहरुको हातमा देशको बागडोर पुग्ने व्यवस्था र संरचनाले निकटमै कुनै कायापलट हुने सम्भावना देखिन्न !

नेपाली जनताले एकपटक र अन्तिमपटक प्रयास गरेर हेर्न बाँकी छ । ००७ को परिवर्तनले राणालाई निषेध गर्‍यो, राजा महेन्द्रको ०१७ को कदमले ३० वर्षसम्म दलहरूलाई निषेध गर्‍यो, ०४६ को परिवर्तनमा माओवादी लामो समय सन्तुष्ट भएर रहन सकेन, हतियार उठायो र ०६२र६३ को परिवर्तन हुन पुग्यो, त्यसले राजसंस्थालाई निषेध गर्‍यो मात्रै होइन गरिरहेको छ।

गणतन्त्रका जतिसुकै पक्षपातीले समेत गणतन्त्र सहि रुपमा अघि बढिरहेको छ भन्ने स्विकार गर्न गार्‍हो हुने गरी देश नयाँ अन्यौलमा फसिरहेको छ। कसैले कसैलाई निषेध नगर्ने नयाँ बाटो देशले ढिलोचाँडो तय गर्नैपर्छ ।

जनताले धैर्य गर्दासम्म मात्रै हो, नत्र यथास्थितिमा देश अघि बढ्न सक्दैन कि ! ७३ औं प्रजातन्त्र दिवस मनाउँदै गर्दा सबैले उपरोक्त विषय मनन गरुन्शु- भकामना ।

-श्रेष्ठ राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख हुनुहुन्छ ।