५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप दिइँदै, हेर्नुहोस् खोप केन्द्रहरु



अ+ अ-

काठमाडौं । काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्राको कोरोना विरुद्धको खोप दिइने भएको छ। भेरोसेल खोपको दोस्रो मात्रा आज २२ देखि २४ गतेसम्म लागाईनेछ । सो खोप गत जेठ २५ देखि पहिलो मात्रा लगाएकाहरूलाई दिईने बतार्ईएको छ ।

(छाउनी आर्मी हस्पिटलमा खोप लगाउन बसेका मानिसहरु)

भेरोसेल खोप काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट दिइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना जारी गर्दै बताएको हो । 

(छाउनी आर्मी हस्पिटलमा खोप लगाउन बसेका मानिसहरु)

खोप लगाउनको लागि बिहान १० देखि अपरान्ह ४ बजेसम्म आफुलाई नजिक पर्ने खोप केन्द्रमा जानुपर्नेछ। भेरोसेल खोपको दोस्रो मात्रा लगाउनको लागि पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन पनि महानगरले आग्रह गरेको छ।

(छाउनी आर्मी हस्पिटलमा खोप लगाउन बसेका मानिसहरु)

(छाउनी आर्मी हस्पिटलमा खोप लगाउन बसेका मानिसहरु)

(छाउनी आर्मी हस्पिटलमा खोप लगाउन बसेका मानिसहरु)