काठमाडौं । आज बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु तेह्र सयले बढेको हो ।
हिजो (सोमबार) प्रतितोला रु ९० हजारमा ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगबार) तोलामा रु तेह्र सयले बढेर प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ३ सय कायम भएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १३३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







