काठमाडौं । नेपाली साहित्यकार झमक घिमिरेले आफ्नो जन्मदिन मनाएकी छिन् । वि.स.२०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको छोरीको रूपमा उनको जन्म भएको थियो । आज उनको ४१ औं उहाँको जन्मदिन हो ।

उनको आत्मकथा 'जीवन काँडा कि फूल' नेपाली साहित्य क्षेत्रमा प्रख्यात कृति हो । उनी मदन पुरकारले समेत सम्मानित भईसकेकी छिन् । कोभिड महामारीको कारण सीमित उपस्थितिमा स्रष्टाहरूको सृजनात्मक कविताहरू सहित पहिलोपटक नेपाल सरकारले निर्माण गरिदिएको घरमै मनाएकी हुन् ।

उनको जन्मोत्सवमा संस्कृति पर्यटन सहित समेतको जिम्मेवारी लिनुभएका मन्त्री लीलानाथ श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लक्ष्मी माली, साहित्यकार तथा पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमी, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, सगरमाथा आरोही देउराली चाम्लिङसहित अन्य प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।







(फोटोफिचर)












