५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सी सँग प्रधानमन्त्री ओलीसहित नेताहरुको भर्चुअल छलफल हुँदै



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङसँग  प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा हुन लागेको भर्चुअल छलफल आज साझँ सवा ६ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले न्युजपोलारलाई जानकारी दिनुभयो ।  

छलफलमा प्रधानमन्त्री ओली, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  लगायतका नेताहरु सहभागी हुनुहुने छ । भर्चुअल छलफलमा भारत बाहेक अन्य दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ।

छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा शुभकामना ब्यक्त गरेकोमा धन्यबाद ब्यक्त गर्नुका साथै कोरोना सक्रमण नियन्त्रण र रोकथामका लागि चीन ले गर्ने सहयोगका बारेमा जानकारी गराउने बुझिएको छ ।