२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’



अ+ अ-

काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ुहाम्रो पेु थपिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुपर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्नेछन् ।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले बताए । “हामी हाम्रोपात्रोलाई सुपर एप बनाउन खोज्दैछौँ । प्रयोगकर्ताहरूले हामीलाई दिएको यतिधेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं,” उनले भने, “त्यसै अन्तर्गत हामीले हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौँ । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पुर्याउने हाम्रो विश्वास छ ।”

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने ९स्प्लिट एन्ड पे०, साथीसँग पैसा सापटी माग्ने, ुलाइभ च्याट सपोर्टु लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिन्छ । नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प उपलब्ध छ ।

अङ्ग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली रहेका छन् । हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले ‘हाम्रो पे’ले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउने कुरामा आफू विश्वस्त रहेको बताए । “हाम्रो पेलाई प्रयोगकर्तामाझ पुर्याउन हाम्रा इन्जिनियरहरूको दिनरातको मेहेनतको म कदर गर्छु,” उनले भने, “एक करोडभन्दा बढी प्रयोगकर्ताहरू माझ पुग्ने हाम्रो पेले सबैको विश्वास जित्नेछ भन्ने कुरामा ढुक्क छु ।”

 




भर्खरै