२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारको सबैभन्दा सानो देश, जहाँ केवल २७ मान्छे बस्छन्



अ+ अ-

एजेन्सी । चीन संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ जहाँ २७ जना मात्रै बस्छन् ।

संसारको सबैभन्दा सानो देश इङ्गल्याण्डको नजिकै अवस्थित छ, जसको नाम ‘सील्याण्ड’ हो । यो देश इंग्ल्याण्डको सफोक बीचबाट करिब १० किलोमिटर टाढा अवस्थित छ । यो देश भग्नावशेषमा रहेको किल्लामा अवस्थित छ ।

यो किल्ला दोस्रो विश्वयुद्धको समयमा बेलायतीहरूले बनाएका थिए । पछि अंग्रेजहरूले यो किल्ला खाली गरे । त्यसबेलादेखि सील्याण्ड विभिन्न व्यक्तिहरूको कब्जामा छ । यो देशलाई ‘माइक्रो राष्ट्र’ भनिन्छ ।

लगभग १३ वर्ष पहिले, अक्टोबर ९, २०१२ मा रोय बेट्स नामक एक व्यक्तिले आफूलाई सील्याण्डको राजकुमार घोषणा गरे । बेट्सको मृत्यु पछि, यो उनको छोरा माइकलद्वारा शासित छ ।

सबैभन्दा सानो राष्ट्रलाई सूक्ष्म राष्ट्र भनिन्छ र जसले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । यो कुनै देशको हिस्सा होइन । सील्याण्डको कुल क्षेत्रफल २५० मिटर (०.२५ किमी) छ । तर यो किल्ला जीर्ण अवस्थामा पुगेको छ । सील्याण्ड बाहेक यसलाई रफ फोर्ट पनि भनिन्छ ।

अन्तर्राष्ट्रिय मान्यता नपाए पनि सिल्याण्डको आफ्नै मुद्रा र टिकट छ । सिल्याण्डको क्षेत्रफल निकै कम भएकाले यहाँको जीविकोपार्जनको कुनै साधन छैन ।

यो देशको बारेमा सामाजिक सञ्जाल मार्फत थाहा पाएपछि यहाँ बसोबास गर्नेलाई सहयोग गर्न मानिसहरु अगाडि बढेको बताइएको छ । उनीहरुले धेरै दान गरे । जसका कारण यहाँका जनताले आर्थिक सहयोग पाएका छन् । त्यसपछि यहाँका जनताको जीविकोपार्जन सुरु भयो ।