२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन: न्यायाधीश पौडेल निर्वाचन अधिकृत नियुक्त



अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन गराउने गरी उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै न्याय परिषद्को परामर्शमा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिएको छ ।

आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै मतदानस्थल तोकी दुई वटा मतदान केन्द्र बनाउने भएको छ । संघीय संसद्का सदस्यले एउटा र प्रदेशसभाका सदस्यले अर्को मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइने छ ।

आयोगका अनुसार राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन, फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ ।

त्यस्तै राष्ट्रपति निर्वाचन सकिएपछि फागुन २७ गते उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिने र चैत ३ गते मतदान हुने आयोगले जनाएको छ ।