२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ् पार्ने उपराष्ट्रपतिको विश्वास



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५०’को अवसरमा शेर्पा दिदीबहिनी, दाजुभाइलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्नुका साथै नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ् पार्ने विश्वास व्यक्त गर्नुभयो ।

शुद्ध पानी चढाइ देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने तथा आपसमा शुभकामना आदन प्रदान गरेर मनाइने ग्याल्पो ल्होसारलाई आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रुपमा लिइने उहाँको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो भन्दै उपराष्ट्रपतिले हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र विभिन्न समुदायको भाषा, धर्म, संस्कार, संस्कृति तथा धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरवका रुपमा रहेका बताउनुभयो ।

“हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएको शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको विशिष्ट पहिचान छ । यो पहिचान विश्वमा नेपालकै पहिचान हो”, सन्देशमा उहाँले भन्नुभएको छ । रासस