२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को नाम ‘सगरमाथा’ राखौंः डोल्मा तामाङ



अ+ अ-

विराटनगर। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम ‘सगरमाथा’ राख्न प्रस्ताव गरेकी छन् ।

कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

“संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,” तामाङले भनिन्, “यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।” अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन्।

उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन् । उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने पनि बताइन् ।