५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक बस्दै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको छुट्टाछुट्टै बैठक बस्दैछ ।

ठाकुर पक्षको बबरमहलमा र यादव पक्षको बालकुमारीमा बैठक जारी छ । पार्टीभित्रको विवादका विषयमा निर्वाचन आयोगले छलफलका लागि दुवै पक्षलाई मंगलवार उपस्थित हुन भनेपछि उनीहरु छलफलमा जुटेका हुन् । 

ठाकुर पक्षको बैठकमा हेरफेर गरि नयाँ कायम गरिएको कार्यकारिणी समितिका सदस्य समेत सहभागी रहेका छन् भने यादव पक्षको बैठकमा पुरानै कार्यकारिणी समितिका सदस्यहरु सहभागी रहेको बताइएको छ । अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थप गरेका थिए । 

यद्यपि सो कार्यकारिणी समितिले निर्वाचन आयोगबाट मान्यता पाएको छैन । विवाद बढ्दै जाँदा पार्टीको अधिकारिताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि छलफलका लागि दुवै पक्षलाई बोलाइएको हो । आधिकारिकताका लागि अध्यक्ष यादवले निवेदन दिएपछि आयोगले ठाकुर पक्षलाई पनि आफ्नो पक्षबाट प्रमाण बुझाउन पत्र पठाएको थियो । सो पत्र अनुसार अध्यक्ष ठाकुरले निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।

आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएपनि दुवै पक्ष सहमतिका लागि तयार देखिँदैनन् ।