२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक हुँदै



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दैछ ।

आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभा सदस्यहरुले मत दिन पाउने व्यवस्था छ ।

राष्ट्रपतिमा निर्वाचित हुनको लागि सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपतिको उम्मेदवार ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ। यद्यपी, संघीय संसद् र प्रदेश सभाका सदस्य नै राष्ट्रपति हुनुपर्छ भन्ने व्यवस्था छैन ।