२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा एसले बोलायो सचिवालय बैठक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विकसित पछल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्ने कार्यसूची छ ।

यसैगरी आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष नेपाललाई नेकपा (एमाले(ले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको भए पनि यस विषयमा एकीकृत समाजवादीले निर्णय भने नलिएको जनाइएको छ ।