५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजिता भण्डारी मृत्यु प्रकरणः आफन्तले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध



अ+ अ-

चितवन । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ । भण्डारीको शव भेटिएपछि पोस्टमार्टमका लागि भरतपुर अस्पताल लैजान खोज्दा स्थानीयवासीले अवरोध गरेका छन्। 

प्रहरीले भण्डारीको शव अस्पताल लैजाने क्रममा स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती ३ झुरझुरेमा सडक अवरुद्ध गराएका हुन् । उनीहरुले अनुसन्धान राम्रो नभएको भन्दै घटनाको छानविनको माग गर्दै राजमार्ग अवरुद्ध गराएका हुन्।

अहिले राजमार्ग क्षेत्र तनावग्रस्त छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा उनको शव फेला परेको हो ।

उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।