२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

७१ लाख ८० हजार सहित पटके हुण्डी कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भारत हिमाञ्चल प्रदेश घर भई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने ४९ वर्षीय विजयकुमार गुप्तालाई गत सोमबार पक्राउ गरेको हो ।

उनी कुलेश्वरस्थित माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक हुन् । उनीबाट प्रहरीले ५७ लाख नगद र १४ लाख ८० हजार बराबरको चेक बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकूमा पठाइएको छ । उनले फलफूल व्यवसाय चलाएर लामो समयदेखि हुन्डी कारोबार गर्दै आएको खुलेको छ ।

उनलाई प्रहरीले २०७५ साल साउन ७ गते दुई लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको लागि उनलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको थियो प्रहरीले जनाएको छ ।




भर्खरै