२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड–माधव नेपाल भेट, विभिन्न विकल्पमा छलफल गर्‍यौं– माधव नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उहाँहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताउनुभयो । पुरानो गठबन्धन ब्यूँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उहाँ ले अझै टुंगो नलागेको बताउनुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा पुगिनसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्ये देशलाई हित हुने विकल्प रोज्छौँ ।”

उक्त भेटघाटमा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल र घनश्याम भूसाल सहभागी हुनुहुन्थ्यो ।