२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन लाख धरौटीमा रिहा भए आदील र महबुब



अ+ अ-

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय टोलीका सदस्य आदील आलम र पूर्व खेलाडी महबुब आलम थुनामुक्त भएका छन् ।

एक महिनादेखि हिरासतमा रहेका आदील र महबुब जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम ३ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

आदील र महबुब धरौटीमा छुटेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिए ।‘आदिलसहित तीन जनालाई धरौटीमा छाडेको हामीले पनि जानकारी पाएका छौं । तीन लाख धरौटीमा छुटेका थिए ।’, दासले भने, ‘यो क्रिकेट र स्पटको कुरा हो । आदिलले पूर्ण रुपमा फैसला नपाउन सम्म नेपाली क्रिकेट टोलीबाट खेल्ने सम्भावना कम हुन्छ ।’

अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो। सो प्रकरणमा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना भने फरार रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएपनि काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले भने नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।




भर्खरै