२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टू: यूएई जाने राष्ट्रिय टोली घोषणा, सन्दीपलाई समेटिएन



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । क्यानले बिहीबार यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–टूको लागि पूर्वकप्तान सन्दीप लामिछानेबिनाको १५ सदस्सीय टिम घोषणा गरेको हो ।

नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशपछि थुनामा रहेका सन्दीप उच्च अदालत पाटनको जारी आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए । अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो ।

सन्दीपले राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गते (भोलि)लाई पेसी तोकिएको छ ।

मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए । घरेलु मैदानमा भएको खेलमा उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता कायम राख्नका निम्ति नेपालको यो भ्रमण निर्णायक रहने भएकाले सन्दीपको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ ।

नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनी तथा मार्च २ (फागुन १८) मा घरेलु टोली यूएईसँग नेपालको खेल्नेछ । यस्तै, मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्नेछ भने अन्तिम खेल मार्च ६ (फागुन २०) मा यूएईसँग खेलेर नेपाल फर्कनेछ ।

नेपाली टोली:

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल




भर्खरै