२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव–ईश्वर भेट: नेकपा ब्युँत्याउने भए राष्ट्रपति बन्छु – माधव नेपाल



अ+ अ-

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनलाई लिएर नेताहरुबीच दौडधुप चलिरहेको बेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

काठमाडौँमा भएको भेटमा नेपालले नेकपा ब्युँत्याउने भए आफू राष्ट्रपति बन्न तयार रहेको इच्छा व्यक्त गरेका छन् । स्रोतका अनुसार भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भएको र नेपालले नेकपा ब्युँत्याउने भए राष्ट्रपति बन्न आफू तयार रहेको बताएका थिए ।

सत्ता गठबन्धन ‘भत्कीने’ अवस्था आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।