५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा लागेपछि माओवादीबाट पदमुक्त भएका ५ उपप्रमुख अदालतबाट पुनर्वहाली



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द)को कारवाहीका आधारमा निर्वाचन आयोगबाट पदमुक्त भएका रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको छ ।

पुनर्वहाली हुनेमा फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महतो,मौलापुर नगरपालिका उपमेयर गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपमेयर परनीयादेवी पटेल, यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साह रहेका छन् । 

उनीहरुलाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले सोही पदमा यथावत काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्दै माओवादीको लिखित पत्रका आधारमा निर्वाचन आयोगले रौतहटका दुई स्थानीय तहका प्रमुख र पाँचजना उपप्रमुखलाई पदमुक्त गरेको थियो ।

माओवादीले विभिन्न जिल्लाका १४ जनप्रतिनिधिलाई कारवाही गरी पदमुक्त गराएकोमा उनीहरु सबै अदालतबाट पुनर्वहाली भएका छन् ।