२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्को ब्याजदर सहजीकरणको उपाय खोजौं: उपाध्यक्ष संघई



अ+ अ-

धरान । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको निकास छिट्टै निस्किने विश्वास व्यक्त गर्नुभएको छ ।

बिहिबार देखी धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघइले खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको हो । आफूलाई गाह्रो–साह्रो परेका बेलामा बैंकबाट ऋण लिने तर अहिले आएर तिर्दिन भन्न चाहीँ नपाइने संघइको भनाई थियो ।
अर्थतन्त्रको दीर्घकालिन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने संघाईले बताउनुभयो ।

रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको उल्लेख गर्दै संघईले सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्ने बताउनुभयो । निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्न सरकारले लिएको आठ प्रतिशत छुटको नीति सकारात्मक रहेको बताउदै संघईले यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी रहेकोमा जोड दिनुभयो । ‘आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइने झन्झटिलो प्रक्रिया पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ’–संघइको भनाई थियो ।

अहिले सिंगो मुलुक नै आर्थिक संकटबाट गुज्रिरहेको बताउदै संघइले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नेतर्फ सरकार र नीजि क्षेत्र दुबैको हातेमालो एवं सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो । आजदेखी शुरुभएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने छ । पर्यटन, कृषि, सूचना प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने मुल लक्ष्य सहित शुरु भएकोे धरान एक्स्पोमा लगानी सम्मेलन तथा ‘बी टू बी’ बैठक समेत संचालन गरिने आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।