२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेससहित चार दलको बैठक जारी रहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयको अनुसार बैठक राष्ट्रपति पदको निर्वाचनका विषयमा केन्द्रित रहनेछ ।

विहिाबार माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक बसेको थियो । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बन्ने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन हुनसक्ने बताईएको छ ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।

राष्ट्रपति निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।