५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपाद्वारा शिक्षा मन्त्री श्रेष्ठविरूद्ध सर्वोच्चमा रिट दर्ता



अ+ अ-

काठमाडौं । संचारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् । 

उनले आइतबार दर्ता गराएको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुन अनुसार कारबाहीको माग गरेकी छन् । 

संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरि अदालतबाट म्याद थप भइ अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारीपद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको आरोप रिटमा उल्लेख छ । 

यस्तै उनले मन्त्री श्रेष्ठलाई कारबारी गर्दै प्रहरीमा दिएको जाहेरी तत्काल दर्ता गराइ पाउँ भनी उल्लेख गरेकी छन् ।

थरकै कारण कोठा नदिएको भन्दै उनले बबरमहलकी घरबेटी सरस्वती प्रधान विरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी पछि प्रधान पक्राउ परेकी थिइन् ।

पक्राउ परेकी प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो । 

घरबेटी प्रधान श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेका बेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।