५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश-१मा माओवादीले बैठक चल्न दिएन



अ+ अ-

विराटनगर । प्रदेश-१ प्रदेशसभाको बैठक नेकपा (माओवादी केन्द्र)का कारण अवरुद्ध भएको छ । 

माओवादीले आइतबार बसेको १६औं प्रदेशसभा बैठक अवरुद्ध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सभामा बजेटमाथिको छलफल चलिरहेका बेला गत आइतबार  भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ गृह जिल्ला ओखलढुङ्गाका माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि व्यक्तिगत रुपमा खनिएका थिए ।

संसदीय मान्यता विपरित सांसदमाथि खनिएका मन्त्रीले माफी माग्नुपर्ने र उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने माग छ । तर सत्ता पक्ष तयार नहुँदा संसदमा अवरोध कायम रहेको हो । 

छलफलमा सत्ता पक्ष माफी माग्न र अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नमानेपछि बैठक अवरुद्ध गरेको र मन्त्रीले माफी मागेपछि मात्रै संसदको कामकारवाही अघि बढ्ने  माओवादीले जनाएको छ ।