५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

“कलाको सहरमा कलाको हत्या भयो” (भिडियो सहित)



अ+ अ-

काठमाडौं । रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा समयमा फ्रन्टलाईनमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्रकला मेटिएको भन्दै कलाकारहरुले काठमाडौं महानगरपालीको ध्यानकर्षण गराएका छन् ।  

बिभिन्न प्लेकार्ड र महानगरपालीले मेटाएको चित्रकला सहित महानगरको कार्यलय पुगेका कलाकारसंग मेयर बिद्यासुन्दर शाक्यले भेट गर्न भने चाहेनन् । उनिहरुले कलाको सहरमा कलाकै हत्या भएको भन्दै मेयर शाक्यलाई प्रश्न सोधेका छन् । 

उनिहरुले आफु र आफ्नो परिबारको ज्यू-ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिएकाहरुको सम्मान गर्न पनि महानगरमपालीकालाई सुझाब दिएका छन् ।  चित्रका परिकल्पनाकार एवं कलाकार दुजाङ शेर्पासहितका छ कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । 

आफूहरुको ध्यानकर्षण पत्र बुझ्न ईन्कार गरेको भन्दै शेर्पाले भन्नुभयो, "मेयर साबलाई पटक-पटक सम्पर्क गर्न खोज्दापनि सम्पर्क हुन नसकेपछि महानगरको बजेट तैयारी बैठकमा हामी पुग्यौं। मेयरसाब फेरि भेट्न् मान्नु भएन र हामीले प्रमुख कार्यकारी अधिकृतलाई फेरि त्यही ठाँउमा हामीले हाम्रो चित्र कोर्नु पाउनुपर्छ,  र कलाकर्मीहरुले पाउनु पर्ने सम्मान पाउनुपर्छ भनेर निवेदन बुझाएका छौँ । तर हाम्रो धैर्यको बाध अब टुट्न लागि सक्यो महानगरले पुनःविचार गरोस् आफ्नो हर्कतबाट, पुन त्यही स्थानमा सोही चित्रकला बनाउने वातावरण बनाओस् ।"