५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको सानेपामा हम्मर प्रहार गरेर भारतीय नागरिकको हत्या



अ+ अ-

ललितपुर । ललितपुरको सानेपामा हम्मर प्रहार गरेर भारतीय नागरिकको हत्या भएको छ । राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।

झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने प्रहरीले जनाएको छ । यस्तै घरका केही सामान पनि हराएकाले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा परिचालन गरेको थियो । 

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । 

पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्थे । उनी २० वर्षदेखि नेपालमा बस्दै आएका थिए ।