चितवन । पहिरोका खसेपछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
सडकखण्डकोविभिन्न क्षेत्रमा खसेको पहिरो पन्छाएपछि सवारी दुईतर्फी सञ्चालनमा आएको हो ।
शुक्रबार राति भरतपुर महानगरपालिका-२९ सेती दोभानमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको थियो। शनिबार बिहानैदेखि पहिरो पन्छाउने काम थालिएको थियो। ्
महानगरपालिका र सडक विभागको डोजर, ब्रेकर र जेसीबी प्रयोग गरी पहिरो पन्छाइएको र अहिले सडक दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले नारायणगढ- मुग्लिन सडकखण्ड यसअघि पनि धेरैपटक अवरुद्ध हुँदै आएको छ।












