५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आयो



अ+ अ-

चितवन । पहिरोका खसेपछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। 

सडकखण्डकोविभिन्न क्षेत्रमा खसेको पहिरो पन्छाएपछि सवारी दुईतर्फी सञ्चालनमा आएको हो ।

शुक्रबार राति भरतपुर महानगरपालिका-२९ सेती दोभानमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको थियो। शनिबार बिहानैदेखि पहिरो पन्छाउने काम थालिएको थियो। ्

महानगरपालिका र सडक विभागको डोजर, ब्रेकर र जेसीबी प्रयोग गरी पहिरो पन्छाइएको र अहिले सडक दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । 

लगातारको वर्षाले नारायणगढ- मुग्लिन सडकखण्ड यसअघि पनि धेरैपटक अवरुद्ध हुँदै आएको छ।