५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ११ घाइते



अ+ अ-

बैतडी । बैतडीमा जीप दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् । 

आइतबार बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप दुर्घटनामा परेको हो ।  घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका एक सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३ पुगेको हो । 

घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।