काठमाडौं । नेपाल वायु सेवा निगम निजीकरण गर्ने तयारी गरेको भन्दै निगमका कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलन उत्रिएका कर्मचारीहरुले शुक्रबार निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा ताबन्दी गरेका छन् ।
उनिहरले आईतबार पनि निगमका बिभिन्न विभागिय प्रमुखहरुलाई ध्यानाकर्षण गराएका छन् । निगमको निजीकरण गर्नेगरी प्रबन्धपत्र र नियमावली तयार पार्न संचालक समितिका सदस्यहरु इश्वरी पौडेल, फुर गेल्जे शेर्पा र किशोरकुमार प्रधानको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
समितिले गत असार १३ गते निजीकरण गर्नेगरी कम्पनीको प्रबन्धपत्र र नियमावली निगम सञ्चालक समितिमा पेश गरेको छ। असार १३ गते नै संचालक समितिले उक्त प्रबन्धपत्र र नियमावली अनुमोदन गरेको थियो ।
असार १४ गते सञ्चालक समितिले निगमको प्रबन्धपत्र र नियमावली थप निर्णयको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयमा प्रस्ताब पुगेपछि निगममा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

















