५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजिकरण बिरुद्ध नेवानीका कर्मचारी आन्दोलित, महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी



अ+ अ-

काठमाडौं । नेपाल वायु सेवा निगम निजीकरण गर्ने तयारी गरेको भन्दै निगमका कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलन उत्रिएका कर्मचारीहरुले शुक्रबार निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा ताबन्दी गरेका छन् । 

उनिहरले आईतबार पनि निगमका बिभिन्न विभागिय प्रमुखहरुलाई ध्यानाकर्षण गराएका छन् ।  निगमको निजीकरण गर्नेगरी प्रबन्धपत्र र नियमावली तयार पार्न  संचालक समितिका सदस्यहरु इश्वरी पौडेल, फुर गेल्जे शेर्पा र किशोरकुमार प्रधानको संयोजकत्वमा समिति गठन गरिएको थियो । 

समितिले गत असार १३ गते निजीकरण गर्नेगरी कम्पनीको प्रबन्धपत्र र नियमावली निगम सञ्चालक समितिमा पेश गरेको छ। असार १३ गते नै संचालक समितिले उक्त प्रबन्धपत्र र नियमावली अनुमोदन गरेको थियो ।

असार १४ गते सञ्चालक समितिले निगमको प्रबन्धपत्र र नियमावली थप निर्णयको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयमा प्रस्ताब पुगेपछि निगममा कर्मचारीहरु आन्दोलित भएका हुन् ।