२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र आजबाट विक्रीमा



अ+ अ-

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारदेखि ऋणपत्र विक्री खुला हुने भएको छ। बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको १५ लाख कित्ता ऋणपत्र कार्यालय समय सुरुभएसँगै विक्री खुला गर्न लागेको हो । 

यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो । उक्त ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । 

बैंकको ऋणपत्र छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गतेसम्म विक्रीमा रहने खुलाएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

बैंकको प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने भएको छ । त्यस्तैबाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने जनाएको छ । 

बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।