२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा असार ३१ गते हुने तय



अ+ अ-

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको स्थगित साधारण सभा असार ३१ गते हुने तय भएको छ । कम्पनीको २४ औं वार्षिक असार १७ गतेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

यसअघि चैत २७ गतेका लागि बोलाएको सभा गणपुरक संख्या नपुगेकाले स्थगित गरिएको थियो । सभाले गत आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गरेको छ । साथै गत चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुंगो लगाउने जनाएको छ ।

यस अघि स्थगित सभाका लागि कम्पनीले चैत १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो । सभा प्रयोजनका लागि भने यसअघि तय गरेकै बुक क्लोजको मितिलाई नै लागू गर्ने कम्पनीको भनाइ छ ।