२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपत्र सडकको बीचमा खम्बा



अ+ अ-

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै खम्बा गाडेपछि आवतजावतमा समस्या भएको छ ।

कालोपत्र गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नापजाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताउनुभयो । “कुनै जानकारीविना सडक निर्माण भयो, मेरो अधिकांश जग्गा सडकमा परेको छ”, थारुले भन्नुभयो, “यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन ।”

नौडिहवाको दक्षिणतर्फ रहेको कालोपत्र सडकमै खम्बा गडेपछि त्यस सडकमा सवारी साधन चलाउन र हिँडडुलसमेत गर्न नसकिने अवस्था छ । सडक बनाउँदा नापजाँच भए पनि पछि पुन:थारुले नापजाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बञ्जाडेले बताउनुभयो । उक्त क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बञ्जाडेले जनाउनुभयो ।

सडकमै खम्बा गाड्नु गैरजिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीले बताउनुभयो । नापी गर्ने निकायले फरकफरक नापी गर्दा स्थानीयमा विवाद र समस्या निम्त्याएको चौधरीले बताउनुभयो । सडकको बीचमा खम्बा हुँदासम्म सरोकार निकाय मौन रहेकाले छिटोभन्दा छिटो निकास हुनुपर्ने उहाँको भनाइ छ । रासस




भर्खरै