३ असार २०८३, बुधबार
,
Latest
एल–निनो असरः भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकतावद्ध प्रयास र प्रभावकारी पैरवी आवश्यकः गणेश कार्की निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री डा. वाग्ले सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौंः मन्त्री पौडेल असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत, तीनवटै मन्त्रालय प्रधानमन्त्रीसँगै



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राख्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोक्नुभएको हो ।

हिजो शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले शनिबार राजीनामा दिनुभएको थियो ।




भर्खरै