२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह रिहा -फोटो फिचर



अ+ अ-

काठमाडौँ । बलात्कार आरोप लागेका अभिनेता पल शाह रिहा भएका छन् । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएसँगै उनी सोमबार जेलबाट छुटेका हुन् ।

अदालतले उनलाई जेलमुक्त गर्न आदेश दिएको थियो । बलात्कार आरोपमा अभिनेता शाहले गत वर्षको फागुन १५ गते अर्थात आजैका दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

जेलबाट छुट्दा शाहको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भिड लागेको थियो । नवलपुर जिल्ला अदालतले यसअघि नै शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे दुई वर्षको कैद सजाय गरेको थियो ।

शाहमाथि बलात्कार अभियोग दर्ता भएको थियो तर नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तर तनहुँ जिल्ला अदालतले भने उनलाई निर्दोष ठहर गरेको थियो । पीडित व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

तस्बिरः नारायण खड्का