२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधबलाई बाबुरामको कटाक्ष: १०सिटवाला पार्टीलाई ६६ दिन प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गर्नुभएको छ ।

उहाँले ट्विट गर्दै १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ, त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त भनी प्रश्न गर्नुभएको छ ।

उहाँले प्रतिनिधिसभामा रहेका रहेका २७५ सांसदलाई पाँच वर्षको कार्यकाल भाग लगाउँदा समेत हिसाब पेस गर्नुभएको छ । उहाँका अनुसार त्यसरी प्रतिनिधिसभाका सबै सदस्यलाई भाग लगाउँदा एक जनाको भागमा प्रधानमन्त्री बन्ने समयावधि ५ दिन १४ घण्टा २४ मिनेट पर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसद्को पूरै कार्यकालमा पालैपालो प्रम बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ । दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ । त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन ? ”