५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकसँग चेम्बरको मागः ब्याजमा ५० प्रतिशत अनुदान आवश्यक



अ+ अ-

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले आगामी बर्षको मौद्रिक नीतिमा कोभिड १९महामारीको चपेटामा परेको निजी क्षेत्रको आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैँकललाई आग्रह गरेको छ ।

अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र वैंकका गभर्नर श्री महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट ३७ बुँदे सुझाव दिनुभएको हो । चेम्बरले लामो निषेधाज्ञाले आय आर्जन गर्न नसकेका बहुसंख्यक नागरिकहरुको क्रयशक्तिमा कमि आएकाले पुर्ण रुपले विस्तारित मौद्रिक नीतिको आवश्यकता औल्याएको छ । महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमबाट नराम्रो संग प्रभावित भएको अर्थतन्त्रको पुनरुत्थानमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने माग चेम्बरले गरेको छ । चेम्बरले औपचारिक अर्थतन्त्रलाई ख् क्जबउभ मा पुनरुत्थान गर्नका लागी सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि ३ प्रतिशत ब्याजदरमा पुनरकर्जाको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि समयमै निर्देशिका, नियमावली र पुनर्कर्जा वितरण कार्यविधीलाई सरल र सहज बनाउनुपर्ने तर्फ पनि चेम्बरले राष्ट्रबैकको ध्यानाकर्षण गराएको छ । अध्यक्ष मल्लले कोभिडले भविष्यमापार्न सक्ने प्रभावको पुर्व अनुमान गरेर सो अवधिभरका लागि बैक ब्याजमा ५०% व्यवसायीले र ५० प्रतिशत सरकारले अनुदान दिने गरि व्यवस्था मिलाउनुपर्ने सुझाव आफुहरुले दिएको बताउनुभयो ।

चालु उद्योग व्यवसायीका ऋणीलाई थप धितो नराखी ऋणको २५ प्रतिशत थप उपलब्ध गराउनुपर्ने, २०७८चैत्र मसान्त सम्म विना जरिवाना व्याज बुझाउन सक्ने व्यवस्था मिलाउनुपर्ने, बुझाउन सक्ने व्यवस्था गरिनु पर्ने,२०७९ कुनै पनि ऋणीको धितो लिलाम गर्न नपाईने ,बैँक तथा वित्तिय संस्थाको वेस रेटमा अधिकतम प्रतिशतको मापदण्ड तोकेर प्रिमियम थप गर्ने व्यवस्था गर्नुपर्ने, कर्जा अवधिभर प्रिमियम स्थिर हुनु पर्ने व्यवस्था गर्नुपर्ने, १० लाख रुपैया सम्म नगद कारोबार ओसार पोसार गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव चेम्बरले दिएको छ । 

चेम्बरको सुझाव बुझ्दै गभर्नर अधिकारीले बिषम परिस्थितिमा बित्तीय संस्था तथा व्यवसाय टिक्न सके मात्र अर्थतन्त्र दीगो हुने भएपनि आर्थिक बर्षको सुरुवातको पुर्वसन्धामा वित्तिय क्षेत्रमा देखिएको तलरताले चुनौति थपेको बताउनुभयो । यद्यपी सुझावहरुलाई ध्यानमा राखेर मुलुकको अर्थतन्त्रलाई सक्दो टेवा पुग्ने गरि नीति ल्याउने आश्वासन गर्भनर अधिकारले दिनुभएको चेम्बरका अध्यक्ष मल्ले जानकारी दिनुभयो ।

त्यसैगरी,  लिमिटेड कम्पनीको हकमा एभचकयलब िनगबचबलतभभ लिने व्यवस्था खारेज गरि घर जग्गा व्यवसायको लागि कर्जा प्रवाह गर्दा धीतो मूल्यांकनको कम्तिमा ७० प्रतिशत कर्जा पाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि चेम्बरले दिएको छ ।